तपाईं हिजोआज सिंगापुरमा बस्नुहुन्छ, पूर्वी एसियाबाट हेर्दा दक्षिण एसिया कस्तो लाग्छ ?
पूर्वी एसियाले अर्थतन्त्रलाई प्राथमिकता दिएको छ भने दक्षिण एसिया राजनीतिको वरिपरि घुमिरहेको छ ।
दक्षिण एसियाको एक विश्लेषकका नाताले नेपालको शान्ति प्रक्रियालाई कसरी अवलोकन गरिरहनुभएको छ ?
ज्यादै निराशाजनक ।
किन यस्तो भएको होला ?
यसको मूल कारण दोस्रो जनआन्दोलनका बेला माओवादीसहित अन्य राजनीतिक दलहरूबीच बनेको सहमति तोडिनु नै हो । यसका विभिन्न कारण छन्ः संविधान निर्माणका बारेमा कुनै सहमति नहुनु, माओवादीले हिंसालाई पूर्ण रूपमा परित्याग नगर्नु आदि । मेरो विचारमा दलहरूबीच सहमति तोडिनुको मूल कारण शक्ति बाँडफाँडकै विषय नमिलेर हो । १२ बुँदे समझदारी र विस्तृत शान्तिसम्झौता गर्दा यसबारे स्पष्ट गरिएन । संविधानसभा निर्वाचनपछि त्यसअघि सहमतिका आधारमा जुन प्रकारले शक्ति बाँडफाँड गरिएको थियो त्यसलाई पूर्ण रूपले अवरुद्ध पारियो ।
नेपालका माओवादीले संविधानसभा निर्वाचनमा यति धेरै समर्थन पाउँछन् भन्ने सुरुमा कसैले पनि सोचेका थिएनन् तर नतिजा माओवादीका पक्षमा आयो । यसलाई कसैले पनि मानसिक र राजनीतिक रूपमा स्विकार्न तयार थिएनन् । त्यसकारण निर्वाचनपछि सत्ता हस्तान्तरण हुन तीन/चार महिना लाग्यो । गिरिजाबाबुलाई राष्ट्रपति पदका लागि माओवादीले स्वीकार नगरेपछि नेपाली कांग्रेस माओवादी नेतृत्वको सरकारमा सामेल नभई प्रतिपक्षमा रहन पुग्यो । म गलत पनि हुन सक्छु तर मेरो बुझाइमा सत्ताको बाँडफाँडले स्थायित्व पाउन सकेन । अहिलेसम्म पनि सहमति हुन नसक्नुको मूल कारण सत्ता समीकरण के हुने भन्ने नै हो ।
सत्ता बाँडफाँड नै मूल समस्या हो भने अब यो कसरी सुल्झेला ?
यसबीचमा केही सुधार त पक्कै भएको छ तर बजेट ल्याउने जुन सहमति भएको थियो त्यसमा देखिएको खिचलोले फेरि समस्यालाई बल्झाएको छ । शान्ति प्रक्रिया र सरकार गठनको कुरा टुंग्याउनुपर्ने हो तर त्यसमा दलहरूबीच अझै सहमति हुनसकेको छैन । परिणामस्वरूप माओवादीले बजेटलाई अस्वीकार गर्यो । निर्वाचनअघि नेपाली राजनीतिमा खासगरी तीनवटा शक्ति देखिएकामा चुनावपछि चारवटा शक्ति देखिए ।
ती शक्ति कुनकुन हुन् ?
माओवादी, नेपाली कांग्रेस, एमाले र मधेस । सबैलाई खुसी तुल्याउन नसके पनि यी चारवटा शक्तिलाई कहीँ न कहीँ कसैगरी समेट्नैपर्छ । निर्वाचनअघि गिरिजाबाबुको नेतृत्वको मिलिजुली सरकारले जनआन्दोलन -२ लाई सफलतामा पुर्याएको थियो तर चुनावपछि कांग्रेस प्रमुख प्रतिपक्षमा पुग्यो । मान्नुस् या नमान्नुस्, कांग्रेस शान्ति प्रक्रियाको एउटा प्रमुख सहयात्री हो । उसले माओवादीसहित सबैलाई विश्वासमा लिएर जनआन्दोलन-२ को नेतृत्व गरेको थियो । तर सेना प्रमुखको विषयलाई लिएर सहमति भाँडिन पुगे पनि यसको केन्द्रमा चाहिँ सत्ता बाँडफाँड नै रहेको छ । यसमा मिल्ने हो भने अन्य विषय स्वतः मिलेर जान्छन् । यो विगतको इतिहासले देखाइसकेको छ तर अन्य दल सत्ताको बाँडफाँडमा माओवादीको 'डोमिनेन्स' मा बस्न चाहिरहेका छैनन् किनभने माओवादीको नेतृत्वलाई स्विकारेर सरकारमा जाँदा अर्को चुनावमा उसले झनै राम्रो गर्न सक्ने उनीहरूको ठहर छ । फेरि संख्याका आधारमा माओवादी अरूको नेतृत्व स्विकार्न चाहिरहेको छैन । भारत, बेलायत जस्ता लोकतान्त्रिक मुलुकमा पनि कुनै पार्टीको बहुमत नहुँदा मिलिजुली सरकार बन्छ । संसद्मा कुनै पनि पार्टीको बहुमत नहुँदा सबैभन्दा ठूलो पार्टीको 'डोमिनेन्स' मिलिजुली सरकारमा हुने गर्छ तर नेपालमा त्यो स्वीकार्य भइरहेको छैन । यो नै समस्याको चुरो हो ।
के १२ बुँदे समझदारीको औचित्य समाप्त भएको हो ?
१२ बुँदे समझदारी गर्ने सहयात्रीहरूले भताभुंग समझदारीलाई पुनर्वहाली नगरेसम्म संविधान निर्माण र शान्ति प्रक्रियाका कुनै पनि आधारभूत कार्य अगाडि बढ्नेछैनन् । यसो नभएसम्म १२ बुँदे समझदारीको अर्थ पनि रहँदैन । तसर्थ १२ बुँदे समझदारीलाई सम्मान गर्न दलहरूबीच सहमति आवश्यक छ ।
माओवादीले अब नयाँ किसिमको सहमति गरेर अगाडि बढ्नुपर्छ भनिरहेका छन्, यसबारे के भन्नुहुन्छ ?
यसका लागि कि त जनआन्दोलन-२ का सहयात्रीहरूले पहिलेकै समझदारी र सहमतिअनुसार चल्नुपर्छ कि त नयाँ सहमति गर्नुपर्छ तर लक्ष्य बदलिएको अवस्था छ । यसको उदाहरणका रूपमा माओवादी लडाकुको समायोजनलाई लिन सकिन्छ । विस्तृत शान्तिसम्झौतालाई हेर्ने हो भने त्यहाँ लडाकुको समायोजन र पुनस्र्थापनाको कुरासँगै सुरक्षा निकाय सुधारको कुरा पनि छ । यसको अर्थ माओवादी लडाकुको समायोजन र सुरक्षा निकायको सुधार कार्यलाई एकआपसमा जोडेर हेर्नुपर्छ भन्ने होइन तर आखिर नेपालमा दुइटा सेना छन् भन्ने कुरा त संयुक्त राष्ट्रसंघ र नेपालका सबै राजनीतिक दलले स्विकारेकै कुरा हो ।
एउटा विश्लेषकको नाताले म के भन्छु भने माओवादी सेनाको समायोजनको कुरा हुन्छ भने नेपाली सेनाको लोकतान्त्रीकरणमा पनि ध्यान दिनुपर्ने हुन्छ । यस सन्दर्भमा म राजनीतितिर जान चाहन्नँ । जनआन्दोलन-२ सफल हुनुअघि नै सन् २००५ मा प्रा. ध्रुवकुमारले सुरक्षा निकायको सुधारको कुरा उठाउनुभएको थियो । नेपालजस्तो मुलुकका लागि एक लाख सेना किन चाहियो भन्ने तर्क ध्रुवकुमारले त्यसै बेला उठाउनुभएको थियो तर अहिले खालि माओवादी लडाकुको समायोजनको कुरा गरिन्छ तर सुरक्षा निकायको सुधार र नेपाली सेनाको लोकतान्त्रीकरणको कुरा कतै गरिँदैन । यसैलाई मैले लक्ष्य बदलिएको भनेको हुँ । त्यसैले प्रश्न १२ बुँदे, २५ बुँदे र ७५ बुँदेको हुँदै होइन, प्रश्न त माओवादी, कांग्रेस, एमाले र मधेसबीचको सहमतिको हो ।
नेपालका माओवादीप्रति भारतको अविश्वास बढेको हो ? माओवादी पूर्वसहमतिबाट पछाडि हट्यो भन्ने भारतको बुझाइ हो ?
यो असत्य होइन । मैले नेपाली राजनीतिमा चारवटा शक्ति छन् भनेर माथि नै उल्लेख गरिसकेको छु । म भन्छु नेपाली राजनीतिलाई प्रभाव पार्ने पाँच शक्ति छन् । पाँचौं शक्ति अन्तर्राष्ट्रिय समुदाय हो जसको अगुवाइ भारतले गर्दै आएको छ । यी सबै शक्ति मिलेपछि मात्र नेपालको शान्ति प्रक्रिया सफलतामा पुग्न सक्छ । अहिले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विषयमा भारत र अमेरिका एकैतिर छन् भने युरोपियन युनियनमा केही सामान्य मतभिन्नता छन् । यी शक्तिले नेपालका चारवटै शक्तिलाई शान्ति प्रक्रियामा अगाडि बढ्न सहयोग गर्नुपर्छ । यो कुरा पनि बिर्सनु हुँदैन, भारत र अमेरिकाको सहमतिबेगर अनमिन नेपालमा आउने नै थिएन । जब अनमिन यहाँ आयो उसले दुइटा सेना स्विकारेको छ र यसलाई सबै राजनीतिक दलले पनि स्विकारेकै कुरा हो । अहिले नेपाल नीतिका बारेमा भारतमै पनि ध्रुवीकरण देखिन्छ । त्यसकारण कोही कतै ढल्केका छन्, कोही कतै । कुनै समूहलाई नेपालका माओवादीहरू अस्वीकार्य भएका छन् । नेपाली माओवादीहरूले पनि हिजो तिनीहरूले गरेका वाचाबन्धन भुलेका छन् । मेरो विचारमा तिनीहरू जंगलबाट आएकाले लोकतान्त्रिक राजनीतिलाई कसरी व्यवस्थापन गर्ने भनी अन्योलमा परेका छन् ।
नेपालका माओवादीले त भारतलाई प्रधानशत्रु नै तोकिसके, यसबारे के भन्नुहुन्छ ?
माओवादीले भारतउपर यो दोष लगाइरहेको छ तर भारत पनि यस्तो हुनुमा जिम्मेवार छ । माओवादीहरू यी सबैमा भारत जिम्मेवार छ भनिरहेका छन् तर म यसमा सहमत हुन सक्दिनँ । यसमा कुनै एक पक्ष मात्र जिम्मेवार छैन । यसमा माओवादी, भारत, कांग्रेसलगायत पाँचै शक्ति जिम्मेवार छन् । शान्त र स्थिर नेपालका लागि सबै जिम्मेवार छन् ।
भारतीय नीतिका खास कमजोरी केके हुन् त ?
दलहरूबीचको सहमतिबाट पछाडि हट्नु नै भारतको मुख्य कमजोरी हो । सबैभन्दा ठूलो राजनीतिक दलले गठबन्धनको नेतृत्व गर्छ भन्ने सामान्य लोकतान्त्रिक सिद्धान्तबाट भारत किन पर हटेको ? लक्ष्य बदलिएको आजको नेपालका सन्दर्भमा सेनाका बारेमा कसैले पनि कुरा गर्दैनन् । भारत पनि यस विषयमा कुरा गरिरहेको छैन र नेपाली कांग्रेस पनि चुपचाप देखिन्छ । भारतले नेपाली सेनाको लोकतान्त्रीकरणका बारेमा कुरा नगर्नुमा ऊ पनि जिम्मेवार छ । भारतले नेपालको शान्ति प्रक्रियामा योगदानै नदिएको भन्ने मेरो आशय होइन । भारतलगायत अन्तर्राष्ट्रिय समुदायले नेपालको यो प्रक्रियामा थुप्रै योगदान दिएका छन् तर अगुवाको हैसियतले नेपालमा आज जे भइरहेको छ त्यसमा भारतको कूटनीति जिम्मेवार छ । भारत हिजोका सहमतिमा प्रतिबद्ध देखिनुको साटो आज ध्रुवीकरणमा किन संलग्न भइरहेको छ ? यो गल्ती हो । अहिले भारतलगायत सबै अन्तर्राष्ट्रिय समुदाय र नेपालका राजनीतिक दलहरू मिलेर नयाँ नेपाल निर्माणमा जुट्नुपर्ने बेला हो । यो ठीक, त्यो बेठीक भनेर धु्रवीकरणमा लाग्ने बेला होइन । सहमतिप्रति सबै प्रतिबद्ध नहुने हो भने द्वन्द्व भइरहन्छ ।
नेपाली राजनीतिमा कायम वर्तमान गतिरोधबारे भारतको भूमिकाप्रति तपाईं के भन्नुहुन्छ ?
यस विषयमा भारतलाई किन अगाडि सार्ने ? यो त नेपालका राजनीतिक दलहरूको पहिलो कर्तव्य हो । यदि तपाईंहरू सबै एकजुट हुनुभयो भने भारतले केही पनि गर्न सक्दैन । भारतले यो गर्यो, त्यो गर्यो भन्ने नेपालीको सोचाइ बनेको छ । त्यो त्यति महत्त्वपूर्ण छैन । भारत आफ्नो हितलाई हेरेर काम गर्दै छ । त्यसैले नेपालका सबै राजनीतिक दल एकजुट हुने हो भने कुनै पनि बाह्य शक्तिले केही पनि गर्न सक्दैन । उदाहरणका रूपमा २०६३ वैशाख ८ र ११ गतेलाई लिए पुग्छ । ८ गतेको -तत्कालीन) महाराजाधिराजको घोषणालाई भारतले समर्थन गरेको थियो, अन्तर्राष्ट्रिय समुदायले समर्थन गरेकै थियो । भारतलगायत सबै अन्तर्राष्ट्रिय समुदाय नेपालका दलहरूले त्यसलाई स्विकार्नुपर्छ भन्ने पक्षमा थिए तर नेपालका राजनीतिक शक्तिहरूले त्यसलाई स्वीकार नगरेपछि महाराजाधिराजले आफ्नो घोषणा पुनः संशोधन गर्नुपर्यो । भारत पनि यसबारे आफ्नो 'पोजिसन' पुनः व्याख्या गर्न बाध्य भयो । यो वास्तविकता हो । त्यसैले नेपालको समस्या भनेकै यहाँका राजनीतिक शक्तिहरूबीच विभाजन आउनु हो । यदि तपाईंहरू विभाजित हुनुभयो भने भारतले शोषण नगरे पनि अरू कसैले त गर्छ नै । त्यसकारण यसमा नेपालले गल्ती नगरोस् ।
त्यसो भए मुख्य रूपमा नेपालमा भारतको स्वार्थ के हो त ?
नेपालसँग भारतको वैदेशिक नीतिमा दुइटा विषय संवेदनशील छन् । एउटा सुरक्षाको मामिला छ । नेपालबाट उडेको इन्डियन एयरलाइन्सको जहाज अपहरण भयो । आतंकवादीहरूले खुला सीमाको फाइदा लिइरहेका छन्, अवैध मुद्रा भित्रिरहेको छ । भारत यसमा नियन्त्रण भएको हेर्न चाहन्छ । अर्को भारत नेपालको उन्नति चाहन्छ, जलविद्युत् र पर्यटनको विकासमा जसका कारण आफू पनि लाभान्वित हुन सकिन्छ भन्ने हाम्रो बुझाइ हो । यी दुवै विषय भारतसँगै सम्बन्धित छन् । भारत स्वतन्त्र भएको ६० वर्ष भइसक्दा पनि नेपालले आजसम्म १० प्रतिशतभन्दा बढी जलविद्युत्को विकास गर्न सकेको छैन । यो कसको गल्ती हो ? भोलि चीन र पाकिस्तान पनि नेपालको ऊर्जा किन्न इच्छुक हुन सक्छन् तर भारत उसको प्रमुख बजार हो । भुटानलाई बिर्सिदिनुस्, लाओसलाई हेर्नुस् । लाओस पनि नेपालजस्तै जलविद्युत्को प्रचुर सम्भावना भएको भूपरिवेष्टित मुलुक हो तर उनीहरूमा जलविद्युत्को विकास गर्न र थाइल्यान्डलाई बेच्न कुनै हिच्किचाहट देखिँदैन । यसबाट लाओसले प्रशस्त पैसा आर्जन गरिरहेको छ । आजको नेपालको वास्तविक समस्या भनेको भारत होइन, यहाँको आन्तरिक विभाजन नै हो ।
केहीअघि चीनबाट फर्केपछि माओवादी अध्यक्षले नेपाल, भारत र चीनबीच त्रिपक्षीय रणनीतिक समझदारी हुनुपर्छ भन्नुभएको थियो, यसबारे तपाईंको धारणा के हो ?
प्रचण्डले चिनियाँ नीतिको अनुसरण गर्न खोज्नुभएको होला । यसलाई भारतको विदेश नीतिसँग जोडेर हेर्नुपर्ने कुनै जरुरी छैन किनभने चीनसित भारतको निकै राम्रो सम्बन्ध विकसित भएको छ तर भारतविरोधी राष्ट्रवादले नेपालको प्रगति हुनेछैन । यस्तो राष्ट्रवाद राजतन्त्रले बितेको ५५ वर्षसम्म अँगालेकै हो । यसबाट नेपालले के प्राप्त गर्यो त ? यस्तै नेपाली माओवादीहरूले पनि भारतविरोधी राष्ट्रवादलाई लिएर अगाडि बढ्ने हो भने यसले उनीहरूलाई धेरै परसम्म पुर्याउन सक्दैन । भारतलाई हेर्ने माओवादीको दृष्टिकोण द्वैध चरित्रको देखिन्छ उसका दस्तावेजहरूमा । उसले भारतसँगै हाम्रो मुख्य संघर्ष छ भनेको तीन दिन पनि बित्न नपाउँदै माओवादीकै केही नेता भारतबिना हामी अगाडि बढ्न सक्दैनौँ भनिरहेका हुन्छन् । अहिले यो द्विविधामा नेपाली माओवादीहरू रहेका छन् । त्यसकारण नेपालका मेरा माओवादी मित्रहरूलाई म के भन्छु भने तपाईंहरू भारतविरोधी राष्ट्रवादलाई उचालेर कहीँ पनि पुग्न सक्नुहुन्न । मान्नुस् या नमान्नुस्, यो यथार्थ हो ।
In this manner my friend Wesley Virgin's tale launches with this SHOCKING and controversial video.
ReplyDeleteAs a matter of fact, Wesley was in the military-and soon after leaving-he found hidden, "self mind control" secrets that the government and others used to get everything they want.
As it turns out, these are the same methods tons of celebrities (notably those who "come out of nowhere") and elite business people used to become rich and successful.
You probably know how you utilize only 10% of your brain.
Really, that's because the majority of your brainpower is UNTAPPED.
Maybe this expression has even taken place INSIDE OF YOUR very own head... as it did in my good friend Wesley Virgin's head around seven years back, while riding a non-registered, garbage bucket of a car without a driver's license and with $3.20 in his pocket.
"I'm absolutely fed up with going through life paycheck to paycheck! Why can't I turn myself successful?"
You've taken part in those conversations, right?
Your success story is going to happen. You just have to take a leap of faith in YOURSELF.
UNLOCK YOUR SECRET BRAINPOWER