उसु चिनियाँ खेल हो, चिनियाँ मार्सल आर्टस खेल एसियाली खेलकुदका लागि चीन फर्किरहेको थियो, एसियाली खेलकुद-२०१० को अवसर पारेर । ग्वान्जाउमा भैरहेको एसियाली खेलकुदमा नेपालले कस्तो प्रदर्शन गर्ने हो, एक प्रकारले कौतूहलता थियो, नेपाली उसु प्रेमीहरूबीच । उसुको यात्रा सुरुदेखि राम्रो रहन सकेन र यसको अन्त्य पनि अन्ततः राम्रो हुन सकेन ।
वैदेशिक प्रशिक्षणको अवसर पाउने सीमित खेलमध्येको उसुले एसियाली खेल सुरु हुनुअघि नै चीन पुग्ने मौका पाएको थियो । चीन जानुअघि धेरै खेलाडीको गुनासो थियो, 'उसु झन्-झन् परिष्कृत हुँदैछ । नियम एकपछि अर्को गरी परिवर्तन भैरहेका छन् । हामी भने त्यसबाट अनभिज्ञ छौं र पछाडि परिरहेका छौं ।'
ग्वान्जाउमा एसियाली खेलको उद्घाटन हुँदा उसुका लागि राम्रो समाचार आएन । खेलाडीहरूको 'लगेज' ग्वान्जाउ पुगेन । टेबल टेनिस र लन टेनिसका खेलाडीलाई जस्तै यसले उसुमा पनि प्रभाव पार्यो । सम्भवतः उसुका लागि केही आशालाग्दो क्षण प्रतियोगिताको चौथो दिन थियो । त्यो दिन तीन खेलाडी पदकको नजिक पुगेका थिए, तर कुनै पनि खेलाडी सफल हुन सकेनन् ।
सान्साउतर्फ झरना गुरुङ, मंगलसिंह थारु र पुरुषोत्तम बज्राचार्य क्वाटरफाइनल पुगेका थिए । महिलातर्फको ६० केजी तौल समूहमा झरना लाओसकी बारक्रहम पालोयसँग पराजित भइन् । पुरुष ६० केजी तौल समूहमा मंगलसिंह इरानी खेलाडी मोहम्मद मोसेनसँग हारे । भूषण ७५ केजी तौल समूहमा मंगोलियाका मागसरजभ बाटिगवलसँग पछाडि परे ।
बंगलादेशमा भएको दक्षिण एसियाली खेलकुदमा नेपालले थाउलुबाट दुई स्वर्ण हात पारेको थियो, त्यति बेला सफलता चाख्ने खेलाडी थिए— विनिता महर्जन एवं आङबाबु लामा । विनिता महिला थाइचीछ्वानतर्फ १२ खेलाडीमध्ये ११ औंमा रहिन् । उनले ८ दशमलव २८ अंक प्राप्त गरिन् । थाइचीछ्वानमै आङबाबु १९ खेलाडीमध्ये १५ औंमा रहे । उनले ८ दशमलव ६१ अंक प्राप्त गरे ।
बरु समी लामाको प्रदर्शन केही राम्रो रह्यो । उनले छान छ्वानमा १५ खेलाडीमध्ये दसौं स्थान हात पारिन्, तर अंक भने ७ दशमलव ८१ मात्र रह्यो । नेपाली उसु टिम पदक जित्ने उद्देश्यले चीन गएको थिएन, त्यसैले यो नतिजामा नेपाली उसु टिम त्यति दुःखी पनि भएन । उनीहरूको दाबी थियो- कम्तीमा दक्षिण एसियाली देशमाझ राम्रो खेल्यौं ।
प्रशिक्षक नवराज वाग्ले मान्छन्- 'हाम्रो उद्देश्य दक्षिण एसियाली खेलको तुलनामा राम्रो प्रदर्शन गर्नु थियो, त्यसमा हामी सफल भयौं । हामीले एसियाली स्तरमा पदक जित्ने सपना बुन्नु हुँदैन ।' एसियाली खेलकुद इतिहासमा नेपालले उसुतर्फ यसअघि पाँचपल्ट सहभागिता जनाइसकेको छ, तर प्रत्येक पल्ट पदकविहीन रहँदै आएको छ ।

No comments:
Post a Comment