रामेछापको बेथान घर भएका सनकबहादुर लामालाई सुनसरीको इटहरीस्थित वीपी चोकमा मंगलबार अपरान्ह गोली प्रहार गरिएको छ ।
काठमाडौंबाट मंगलबारै इटहरी आइपुगेका लामालाई मोटरसाइकलमा आएका दुई व्यक्तिले दुई राउण्ड गोली प्रहार गरेकोमा एउटा लागेर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते २४ बर्षीय लामालाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको र थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय, इटहरीका निरीक्षक स्यामल सुब्बाले जानकारी दिए । आक्रकमणकारीको पहिचान हुन सकेको छैन भने उनी के कामले इटहरी आएका थिए भन्ने सम्बन्धमा पनि जानकारी प्राप्त भएको छैन ।
No comments:
Post a Comment