Tuesday, August 31, 2010

घुस लिँदालिँदै पक्राउ परेका सभासदलाई अपरान्ह बिशेष अदालत लगिदै

इन्स्पेक्टर बनाइदिने भन्दै रकम असुलिरहेका बेला पक्राउ परेका एमाले सभासद डोलबहादुर (डीबी) कार्कीलाई मंगलबार अपरान्ह बयानका लागि विशेष अदालत लगिने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई अपरान्ह दुई बजे बयानका लागि विशेष अदालत लैजान लागेको हो । अख्तियार र प्रहरीको विशेष टोलीले एक लाख रुपैयाँ घूस लिदै गर्दा कार्की र उनका सहयोगीलाई राजधानीको भीमसेनगोलास्थित डेराबाट सोमबार साँझ पक्राउ गरेको थियो ।

इन्स्पेक्टरका लागि पाँच लाख चाहिने भन्दै उनले एक लाख रुपैयाँ बैनावापत लिएको प्रहरीले दाबी गरेको छ ।

No comments:

Post a Comment