Monday, August 30, 2010

भारतले नेपालसंगको सीमा क्षेत्रमा रेडियो चलाउने

भारतीय सरकारले नेपालसंग सीमा जोडिएको बिहारमा एफएम सेवा बिस्तार गर्ने भएको छ । नेपाली रेडियो च्यानलहरुको बढ्दो प्रभावलाई कम गर्नका लागि भारतले सीमा क्षेत्रमा रेडियो खोल्न लागेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले उल्लेख गरेको छ ।

पत्रिकाका अनुसार भारतले यसअघि पाकिस्तानको सीमा छेउ जम्मु र कास्मिरमा रेडियो र टेलिभिजन सेवा विस्तार गरेको थियो । गत साता भारत सरकारले बिहारको वेतिह, मोतिहरी र मधुवनीमा एफएम रेडियो स्थापना गर्ने निर्णय गरेको थियो ।

'भारतीय गाउँहरुमा नेपाली रेडियो ज्यादै लोकप्रिया छन् तर भारतीय रेडियोहरु भने सुन्न सिकंदैन' नाम उल्लेख नगरी पत्रिकाले एक सरकारी अधिकारीलाई उदृत गरेका छन् । भारतीय सुरक्षा अधिकारीहरुले नेपाली एफएमलाई माओवादीले दुरुपयोग गर्न सक्ने भन्दै दुई पटक चेतावनी दिइसकेको उल्लेखसमेत गरेको छ ।

नेपालमा नेपाली स्वतन्त्र सञ्चार माध्यमका संगठनले भारतीय दूतावासलाई हस्तक्षेप नगर्न सचेत गराइरहेको बेला भारतले सीमा क्षेत्रमा एफएम रेडियो खोलेर नेपाली सञ्चार माध्यमको प्रभाव कम गर्न लागेको समाचार आएको छ ।

No comments:

Post a Comment