Monday, July 19, 2010

दुर्घटनामा दुईको मृत्यु

नवलपरासीको माकर–४ दाउन्ने डाँडामा ट्रक र टेक्टर एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको छ । पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिम तर्फआउदै गरेको को १ ख २९९१ नम्बरको ट्रक पश्चिमबाट पुर्व जाँदै गरेका लु१त ५३८५ नम्बरको टेक्टर एक आपसमा जुध्दा टेक्टरमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य आठ जना घाईते भएका छन् ।

नवलपरासी जमुनिया ८ सपहिया २७ का बर्षिय दिल्लीप्रसाद सरिकार र सपहियाकै ३० बर्षिय प्रभु हरिजनको घटनास्थलमै मृत्यु भएको र दुर्घटनामा परेका एक जनाको अवस्था गम्भिर रहेको नवलपरासी प्रहरीले जनाएको छ ।

गम्भिर घाईते सपहियाकै २५ बर्षिय दिल्लीराम चौधरीको दाउन्नेदी पोलिक्लिनकमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।

बुटवलबाट नारायणगढ तर्फआउदै गरेको ना२ख ९९८४ नम्बरको बस तीब्रगतिका कारण दुम्किबास र अरणखोलाको बीच जंगलमा सडकबाट पाँच मीटर तल खस्दा आठ जना घाईते भएका छन् । घाईलेको मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भईरहेको प्रहरीले जनाएको छ । तीब्र गतिले बस चलाएर दुर्घटनामा पारेको भन्दै बस चालक र सह चालकलाई यात्रुले कुटेर घाईते बनाएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment